सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत आईपीओ बिक्री गर्न माग्यो अनुमति

0
Shares

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणमा पहिलो पटक प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न अनुमति मागेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा ३६ लाख कित्ता सेयर बिक्री गर्न पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डसँग मङ्सिर १८ गते सोमबार निवेदन पेश गरेको हो ।

आईपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएपछि कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्नेछ ।

सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसासम्मको बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल मार्फत बिक्री गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कटअफ मूल्य निर्धारण भएको थियो । बोर्डको व्यवस्था अनुसार योग्य संस्थागत लगानीकर्ताबाट कायम कटअफको दश प्रतिशत (४० रुपैयाँ १० पैसा) कममा सर्वसाधारणमा सेयर बिक्री गर्न लागिएको हो ।

सर्वोत्तमको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।