प्रभु क्यापिटलको बीमा सुरक्षा सहित ९९९ मा आजीवन डिम्याट खाता योजना, नबीकरण गर्दा पनि पाउने


प्रभु क्यापिटलले हाल सञ्चालनमा रहेको ९९९ डिम्याट स्किममा थप विशेषता थप गरी “९९९ आजीवन डिम्याट खाता” योजना सार्वजनिक गरेकोछ । “प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं” भन्ने स्लोगन सहित नयाँ योजना ल्याएको हो ।

ग्राहकहरुलाई वार्षिक डिम्याट नविकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष १०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।

वार्षिक रुपमा खाता नबीकरण नगर्दा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न क्यापिटलले यो योजना ल्याएको र योजना नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुने बताइएको छ ।

१ जनवरी, २०२३ बाट शुरु भएकोे यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा समेत पाउने क्यापिटलले जनाएको छ ।

यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुरयाउने क्यापिटलको विश्वास छ । यस्तो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाइसि वा इन एप भेरिफिकेशन छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।
लगानी व्यवस्थापन सेवा (पिएमएस) मा पुराना भएका शेयर पोर्टफोलियोको निशुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि पाइने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाट तत्कालै डिम्याट खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  १४ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।