सनराइज फोकस्ड इक्विटी फण्डमा लगानीको अवसर, माघ १० गतेदेखि बिक्री खुल्दै

0
Shares

सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्डको इकाई बिक्री खुला गर्ने भएको छ ।

क्यापिटलले यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका एक अर्ब २० करोड बराबरको १२ करोड इकाई बिक्री गर्ने भएको हो।

कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ भने बाँकी १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन मार्फत बिक्री गर्ने क्यापिटलले जनाएको छ ।

सनराइज फोकस्ड इक्विटी फण्डका इकाईमा छिटोमा माघ १३ गतेसम्म बिक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २४ गतेसम्म बिक्री अवधि तय गरिएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।।

यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कूल आकार १ अर्ब २० करोड रूपैयाँ रहेको छ । योजनाको इकाई बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यस योजनाको इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यी रेटिङ्गले कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७९, बुधबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।