सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त

0
Shares

सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा पारस कुमार काफ्ले चयन भएका छन् । पुस २४ गते बसेको कम्पनीको १०५ औं सञ्चालक समितिको बैठकले काफ्लेलाई क्यापिटलको अध्यक्षमा नियुक्ति गरेको हो ।

सिबिआईएल क्यापिटलका सञ्चालकहरुको पदावधि समाप्त भई संस्थाको विशेष साधारण सभाबाट नियुक्त भएका संचालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट मनोनित भई सञ्चालक सदस्य रहेका काफ्लेलाई अध्यक्ष नियुक्त गरिएको हो ।

उक्त बैठकमा सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट अन्य सञ्चालकहरु राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी सञ्चय कोष तर्फबाट सुवाष खड्का र संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

सिबिआईएल क्यापिटल नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त संस्था हो ।

सिबिआईएल.क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनीको रुपमा रहेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७९, सोमबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।