यती एयरलाइन्स दुर्घटना: सेनाको हेलिकोप्टरबाट ४६ शव काठमाडौँ ल्याइँदै

0
Shares

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ आइपुग्ने बताए । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।

दुर्घटनामा बेपत्ता तीन जनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।