नव नियुक्त उपप्रधान ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो कार्यकालमा गौरव गर्न लायक काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पदतथा गोपनियाताको सपथ लिएपछि मन्त्रालयमा कार्यभार संहाल्ने क्रममा मन्त्री लिङ्देन यस्तो धारणा राखेका हुन् । पदभार ग्रहण गर्दै उनले ऊर्जा र जलस्रोत क्षेत्रमा रहेका अवसर चुनौति तथा अबका कार्यदिशा तय गर्ने गरी पाँच वर्षे नयाँ रणनीति बनाउन एक कार्यदल गठन समेत गठन गरेका छन् ।
मन्त्रालयका ऊर्जा विकास महासाखा प्रमुख मधुप्रसाद भेटवाल संयोजकत्वमा गठित सो कार्यदलले एक महिनाभित्र प्रतिवेदनको मस्यौदा तयार गर्ने कार्यावधि तोकिएको छ । समितिमा विद्युत् विकास विभाग, सिँचाई विभाग जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत् प्राधिकरणका सहसचिवस्तरीय अधिकारी सदस्य तोकिएको छ ।
तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ सालमा जारी गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) लाई समयमामयिक अद्यावधिक गर्ने र नयाँ उपलब्धी प्राप्तीका लागि नयाँ रणनीति तयार गर्न कार्यदल गठन गरिएको हो ।
पदभारपछि मन्त्रालयका सचिवसहित विभिन्न विभागका प्रमुखसँग मन्त्रालयका विभिन्न विषयबस्तु बारे जानकारी लिएका थिए । सो क्रममा मन्त्री लिङ्देनले सो मन्त्रालयबाट अव फरक र प्रभावकारी ढँगले कार्यसम्पादन गर्ने नतिजामूखि काम गर्न निर्देशन दिएका थिए ।
भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह हुने आफ्नो बचनवद्धता पनि यहिकार्यभार बाटै प्रमाणित गर्ने अभिभारा आफ्नो रहेको भन्दै मन्त्री लिङ्देनले मन्त्रालय र मातहतका निकायमा शुन्य भ्रष्टाचार र सुसासनलाई पहिलो प्राथमिकता बनाइने बताए । आफू ऊर्जा विज्ञ नभए पनि विषयवस्तुमा जानकार रहेको भन्दै उनले विज्ञ तथा जिम्मेवार कर्मचारीसँग परामर्शमै काम गर्ने बताए ।
साथै कर्मचारी सरुवामा आफ्नो कुनै रुचि नरहने पनि उनले स्पस्ट पारेका थिए । जनताको जीवनस्तरसँग गासिएका विषयमा संवेदनशील भएर काम गर्न पनि मन्त्रीले निर्देशन दिएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया