सेन्ट्रल फाइनान्सले थाल्यो लाभांश वितरण

0
Shares

सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ बाट प्रस्ताव गरेको नगद लाभांश आज (माघ ५ गते) देखि वितरण गर्न थालेको छ ।कम्पनीले लाभांशमा लाग्ने कर कट्टी गरेर नेपाल क्लियरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत रकम जम्मा गरिएको जनाएको हो ।

कम्पनीको गत पुस २९ गतेसम्म २६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश पारित भएको थियो । सोही लाभांश कम्पनीले आजदेखि सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाउन थालेको हो ।

फाइनान्सका अनुसार बैंक खातामा रकम जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले व्यहोर्नुपर्ने हुन्छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न तथा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।