दरम खोला हाइड्रोले साढे ३९ करोडको आईपीओ जारी गर्ने

0
Shares

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साढे ३९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरे ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।