एशियन डेभलपमेन्ट बैंक (एडिबी) ले भारतको जवाहरलाल नेरु पोर्टको कन्टेनर टर्मिनलको सुदृढीकरणका लागि १३ करोड डलर अनुदान दिने भएको छ ।
भारतबाट हुने अन्तराष्ट्रिय व्यापारलाई पारदर्शी, चुस्त र पूर्वाधार विकासका लागि एडिबीले उक्त सहयोग गर्ने भएको हो ।
अनुदान मध्येको ६ करोड १४ लाख डलर एडिबीको अर्डिनरी क्यापिटल रिर्सोरेस विभाग र बाँकी ६ करोड ९६ लाख डलर एडिबीकै एशिया प्राइभेट इन्फ्रास्ट्रक्चर फन्डद्धारा वितरण हुनेछ । उक्त अनुदानबाट पोर्टको बर्थ र यार्डको मर्मत गरी क्षमता विस्तार गरिने छ । साथै विद्युतीय क्रेनहरु पनि खरिद गर्ने जवाहरलाल नेरु पोर्ट समितिले जनाएको छ ।
विश्वव्यापी व्यापार तथा आपूर्ति श्रृङ्खला बाह्य झट्काबाट प्रभावित रहने र विशेषतः कोभिड–१९ का कारण दक्षिण एशिया क्षेत्रको व्यापारमा सुस्तता आएको एडिबीका उपाध्यक्ष अशोक लाभासाले बताएका छन् । एडिबीले लिएको यस अनुदानले जवाहरलाल नेरु पोर्टको क्षमता विस्तारका साथै भारतबाट हुने व्यापारमा वृद्धि हुने दाबी गरेका छन् ।
एडिबी र नाभा सेवा फ्रिपोर्ट टर्मिनलले १३ करोड १० लाख बराबरको अनुदान पत्रमा हस्ताक्षर गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया