ब्राण्डिङ र प्याकेजिङमा सशक्त रूपमा काम गर्न नसक्दा नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार उपस्थिति कमजोर बन्न पुुगेको तथ्य यस क्षेत्रका विज्ञहरुले औंल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक काठमाडौंमा आयोजना गरेको लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलनमा सहभागी विज्ञहरूले यस्तो बताएका हुन् ।
छलफलका वक्ताहरूले नेपालका वस्तुहरुको ब्राण्डिङ, आकर्षक प्याकेजिङमा लगानी गर्न नसक्दा सम्भाव्यता रहँदा रहँदै पनि नेपालका उत्पादन अन्तर्राष्ट्रिय बजारमा सशक्त रुपमा जान नसकेको औंल्याएका हुन् ।
कार्यक्रममा उत्पादित वस्तुुहरूको गुणस्तरमा सुनिश्चितता अर्को महत्वपूर्ण पाटो हो र यसका लागि एसएमइज इकोस्टिम भित्र प्याकेजिङ, ब्राण्डिङ, गुणस्तर र बजारीकरण लगायतका विषयमा एक प्रकारको प्रतिवद्धता आवश्यक रहेको आंैल्याइयो । बजारको मागलाई बुुझेर आफना उत्पादन विकास गर्नुपर्ने र उपभोक्ताको उत्पादनप्रतिको बुुझाईमै परिवर्तन ल्याउन सक्नुपर्ने सुझाव वक्ताहरूको थियो ।
राम्रो प्याकेजिङ र ब्राण्डिङ गर्न सकेको खण्डमा नेपालका थुप्रै वस्तुु बाहिर निर्यात गर्न सकिने भएपनि त्यसमा नेपाल चुकी रहेका बताइयो । यस्तै वित्तिय पहुँचको कठिनाई, सरकारले ल्याएका सहुलियत प्याकेजबाट लाभ उठाउन प्रक्रिया झन्झट, बजारको अभाव लगायतका गुनासो साना उद्यमीहरुको थियो । साना उद्यमीहरुलाई सहयोग गर्ने खालका नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुुझाव वित्तिय पहुँच विषयक छलफलमा सहभागीले राखेका थिए ।
एसएमईज क्षेत्रले स्वरोजगारी उत्पादन गरेको मात्र छैन, रोजगारीका अवसर समेत सिर्जना गरेको छ । नेपालमा संचालित ९९ प्रतिशत उद्योग व्यवसाय घरेलु साना एवं मझौला उद्यम छन् । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ भने त्यसमा ९० प्रतिशत हिस्सा एसएमईजको छ ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप र परियोजना कर्जा सम्बन्धी कार्यविधि छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । साना उद्यमीले व्यहोर्नु परेका प्रक्रियात झन्झटको समस्यालाई समाधान गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । एसएमईजका लागि मुख्य चुनौतीको रुपमा देखिएका वित्तिय पहुंच, बजार प्रवद्र्धन, दक्ष जनशक्ति, प्रक्रियागत झन्झट, व्याजदर लगायतमा संवोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता अर्थमन्त्रीको थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले साना ठूला सबै उद्योगको क्षमता करिब ६० प्रतिशतले घटेकाले महंगो ब्याजले लगानी विस्तार त परैको कुरा भएका उद्यम टिकाउन पनि समस्या भैरहेको बताए । अध्यक्ष गोल्छाले उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउन आग्रह गरे । करिब १७ लाखलाई रोजगार दिइरहेको एसएमईज क्षेत्रमा आधुनिक प्रविधी प्रयोग गर्दै बजारको माग अनुसार गुणस्तरिय उत्पादन आपूर्ति गर्न सकियो भने नेपालमा उद्योगबाट ठूलो आर्थिक उन्नति गर्न सकिने सम्भावना रहेको अध्यक्ष गोल्छाले बताए ।
कार्यक्रममा आइएलओ कार्यवाहक प्रमुख जोनी सिमसन (Ms. Joni Simpson, Office-in-charge, ILO Country office for Nepal), युनिसेफका देशिय प्रतिनिधि एलके वीस (Ms. Elke Wisch, UNICEF Representative for Nepal) र आइएफसीका आवासीय प्रतिनिधि वावाकार फाए (Mr. Babacar Faye, Resident Representative for Nepal) ले नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा एसएमइजको द्रुत विकासमा जोड दिँदै यसले नेपालको सन् २०२६ सम्म आर्थिक स्तरोन्नतीको लक्ष्यमा पनि सहयोग गर्ने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एसएमईजलाई सघाउ पुुरयाउन महासंघले एसएमइज सेवा केन्द्र संचालनमा ल्याउने तयारी गरिरहेको र पछि यसलाई सवै प्रदेश च्याप्टरमा लैजाने विश्वास दिलाए ।
सम्मेलनको समापन सत्रमा महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डि.बी. बस्नेत र महिला उद्यमी विकास समितिका सभापति रिता सिंहले लघु घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै सचालित ठूला उद्योगसँग जोड्न निरन्तर पहल र पैरवी गरिने प्रतिबद्धता जनाएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया