सुनको भाउ रेकर्ड मूल्यबाट तल झर्‍यो, तोलाको १ लाख ६२ सय निर्धारण

0
Shares

सुनको भाउ रेकर्ड मूल्यबाट तल झरेको छ । २०७९ माघ १० गते मंगलबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ बुधबार तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो मंगलबार १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि १०० रुपैयाँले घटेर १ लाख ३ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाली बजारमा आज चाँदी तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ । यो भाउ हिजो कारोबार भएकै दर हो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९२८ तथा चाँदी २३.५० डलर हाराहरीमा कारोबार भैरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।