पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टको आम्दानी ६० प्रतिशतले बढ्यो

0
Shares

कोभिड–१९ संक्रमण दर कम हुँदै गएपछि नेपालमा पर्यटक आगमनमा भएको वृद्धिले पर्यटकीय स्थलमा रहेको होटलहरुको आम्दानी बढेको छ ।

पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाले सन् २०२२ मा ५ करोड ६० लाख बराबरको आम्दानी गरेको छ । यस अघि सन् २०२१ मा होटलले २ करोड २० लाखको कारोबार गरेको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी ६० प्रतिशतले बढेको हो ।

सन् २००७ सालमा स्थापना भएको होटल पोखराको दोभिल्लामा अवस्थित रहको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस होटललाई “टुरिष्ट स्टयान्डर्ड होटल”को सूचीमा वर्गीकरण गरेको छ । ७.४२ एक्कर जमीनमा निर्माण भएको यस होटलमा ६४ वटा कोठा रहेका छन् र स्पाको सुविधा समेत प्रदान गर्दै आएको छ ।

होटलको आम्दानीमा सुधार आएता पनि अन्य वित्तीय सूचांकहरुमा सुधार आउन सकेको छैन । होटलले लिएको कर्जाको व्याज तिर्न सक्ने क्षमता ऋणात्मक रहेको छ भने होटलका अघिकांश गतिविधिहरु चालु पुँजी खर्चमा निर्भर रहेको छ ।

होटलको अकुपेन्सीमा वृद्धि भएता पनि डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर सहितको नाफामा गिरावट आएको छ । सन् २०२१मा उक्त नाफा कुल सञ्चालन आम्दानीको ६५.५४ प्रतिशत थियो भने सन् २०२२मा उक्त नाफा खुम्चिएर १६.६३ प्रतिशत पुगेको छ ।

यस्तै पोखरा पर्यटकीय सहर भएका कारण होटल व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको छ । होटल व्यवसायीहरु बीचको प्रतिस्पर्धाकै कारण पनि कम्पनीको आम्दानी अपेक्षाकृत ढङ्गले बढ्न सकेको छैन ।

तथापि नेपाल सरकारले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासलाई महत्वमा राखी ९ अर्ब ३८ करोड बराबरको बजेट विनियोजन गरेका कारण पर्यटक आगमन बढ्न सक्ने र होटल व्यवसायीहरुलाई राहत मिल्ने देखिन्छ ।

यस्तै प्रख्यात ट्रेक रुट अन्नपूर्ण ट्रेकिङ जाने गेटवे नै पोखरा भएका कारण आन्तरिक तथा बाहुय दुवै पर्यटकको ध्यान होटलले खिच्न सक्ने देखिन्छ । यसका साथै हस्पीटालिटी क्षेत्रमा लामो समय अनुभव बटुलेका सुनिल भक्त श्रेष्ठ होटलको सञ्चालक तथा कार्यकारी अध्यक्ष रहेका छन् ।

उनका अन्य कम्पनीहरु प्रमोटर रहेका छन् । यसले होटलमा नेपाली आन्तरिक पर्यटकलाई मात्रै नभई विदेशी पर्यटकहरुलाई पनि होटल रिर्फर गर्ने लगायतका अन्य वित्तीय रुपमा सहयोग पुगेको छ ।

होटलले ६५ करोड २३ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले दीर्घकालीन कर्जाका लागि बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७९, आइतबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।