विश्वका शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए गौतम अडानी

0
Shares

विश्वका शीर्ष १० धनाढ्यहरुको सूची अन्तर्गत तेस्रो स्थानमा पर्ने गौतम अडानी शीर्ष १० बाट बाहिरिएका छन् ।

अमेरिकी रिसर्च संस्था– हिडनबर्गले सार्वजनिक गरेको प्रतिवेदनमा अडानीका कम्पनीमा स्टकलाई लिएर चलखेल भएको र अकाउन्टीङमा पनि फ्रड भएको सार्वजनिक भएपछि अडानीको नेटवर्थमा निरन्तर गिरावट आएको हो ।

सन् २०२२ को अगस्ट महिनामा १३७ अर्ब डलर नेटवर्थ सहित तेस्रो स्थानमा पर्ने अडानीको नेटवर्थ घटेर ८४.४ अर्ब डलरमा पुगेको छ । ब्लुमबर्ग बिलिनियर सूचांकका अनुसार अडानी विश्वका धनाढ्य व्यक्तिहरुको सूचीमा ११ औँ स्थानमा रहेका छन् ।

सन् २०२२ मा वार्षिक ४० अर्ब डलरले बढेको अडानीको सम्पत्ति सन् २०२३ को सुरुवातमा नै ५३ अर्बले घटेको छ । गत ३ दिनमा मात्रै अडानीको नेटवर्थ ३७ अर्ब डलरले घटेको हो । यसका साथै उनका कम्पनीहरुको बजार पुँजीकरण कुल पुँजीकरणको एक चौथाइ भन्दा धेरैको गिरावट आएको छ ।

अडानीले माइनिङ एन्ड इनर्जी, बन्दरगाह र फास्ट मूभिङ कन्जूमर वस्तुको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । उनले एयरपोर्ट र मुन्द्रा बन्दरगाह समेत सञ्चालन गर्दै आएका छन्।

स्टक हेरफेर र जालसाजीमा संलग्न रहेको आरोप लागेको अडानी समूहले गुमायो ७१ अर्ब डलर

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७९, मंगलबार  १४ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।