निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन १२ गते बिहान १० बजे लघुवित्तको केन्द्रीय कार्यालय नक्सालमा २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्तावित चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २ करोड १९ लाख ५० हजार रुपैयाँ नगद लाभांश साधारण सभाले पारित गर्नेछ । उक्त प्रस्ताव विशेष प्रस्तावको रुपमा राखिएको छ ।
यस्तै सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट २ र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने, संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत सभामा राखिएका छन् ।
लघुवित्त कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि फागन २ गते देखि १२ गतेसम्म बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार फागुन १ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउनेछन् ।










प्रतिक्रिया