आदर्श लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गरेको पहिलो वर्षमा नै लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको माघ १८ गते बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५५ नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले असार १ देखि ६ गतेसम्म सर्वसाधरणलाई ६७ हजार कित्ता सेयर जारी गरेको थियो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण हुनेछ ।










प्रतिक्रिया