नाडेप लघुवित्तले आर्थिक वर्ष २०७८।०७९ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फराकिलो अन्तरले घटाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्त सञ्चालक समितिको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ५३ करोड ४३ लाख ३६ हजार रुपैयाँ पुग्ननेछ ।












प्रतिक्रिया