नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४ हजार १०० र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६००मा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको भाउ स्थीर रहेको छ । आइतबार ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस अमेरिकी डलर १८७८ तथा चाँदी २२.५० डलर हाराहरीमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया