साहस उर्जाले कमायो २१ करोड ६० लाख नाफा

0
Shares

साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

ग्त आवको सोही अवधिमा ३४ करोड ४२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा गत आवको तुलनामा ३७.२६ प्रतिशतले घटेको हो ।

कम्पनीले विद्युत बिक्रीबाट हालसम्म आम्दानी गरेको छैन । कम्पनीद्वारा प्रवद्र्धित ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना आन्तरिक परीक्षणको क्रममा रहेको छ ।

कन्सेसन एग्रिमेन्टबाट आइएफआरआइसी–१२ का हिसाबले कम्पनीले पुससम्म १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब १७ करोड ४६ लाख रुपैयाँ थियो । कन्सेसन एग्रिमेन्टबाट आइएफआरआइसी–१२ बाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा घटेको हो ।

आम्दानी घटेसँगै कम्पनीको सञ्चालन आय पनि ३४ करोड ४२ लाख रुपैयाँबाट घटेर २१ करोड ५९ लाख रुपैयाँमा संकुचित बनेको छ । कम्पनीको प्रशासनिक खर्च १७ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी पनि ३७.०७ प्रतिशतले घटेर २१ करोड ७७ लाख ११ हजार रुपैयाँमा सीमित बनेको छ । गत आवको सोही अवधिमा कुल आम्दानी ३४ करोड ५९ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

साहसको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै जगेडा कोष ३२.४८ प्रतिशतले २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ सञ्चित भएको छ । गत आवको अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ थियो ।

साहसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १८ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४५४ रुपेयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात ४६.०२ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ माघ २०७९, मंगलबार  १२ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।