सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २४ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।
गत आवको सोही अवधिमा ९९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफामा ७४.८६ प्रतिशतको उच्च गिरावट आएको हो । घट्दो ब्याज आम्दानी र बढ्दो खर्चका कारण लघुवित्तको नाफा प्रभावित बनेको हो ।
नाफासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानीमा १७ रुपैयाँ २९ पैसा गिरावट आउको छ । गत आवको यसै अवधिमा २३ रुपैयाँ ९ पैसा रहेको इपीएस ५ रुपैयाँ ८१ पैसामा सीमित भएको हो ।
दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको जगेडा कोष ३२.८६ प्रतिशत बढेर ५ करोड ३९ लाख पुगेको छ । पुससम्म कम्पनीले २८ करोड ५४ लाख निक्षेप, ९९ करोड ४३ लाख सापटीबाट १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधमिा लघुवित्तको निक्षेप २३.३२ प्रतिशत, सापटी १०.५३ प्रतिशत र कर्जा १७.५२ प्रतिशत बढेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी ३ करोड १० लाख र सञ्चालन नाफा ३३लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.८१ प्रतिशत र सञ्चालन नाफा ७८.५८ प्रतिशत घटेको हो ।
पुससम्म कम्पनीको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ ८३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६० रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात २३८.९६ गुणा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया