सन् २०२२ को अन्तिम त्रैमासमा बेलायतको आर्थिक वृद्धि दर शून्य रहेको छ ।
बेलायती राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०२२ को अन्तिम त्रैमासको आर्थिक वृद्धि दर शून्य प्रतिशत रहेको घोषणा गरेको हो ।
सन् २०२३ मा बेलायतको आर्थिक वृद्धि दर ०.६ प्रतिशतले खुम्चिने अनुमान अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गरेको छ । बेलायती केन्द्रीय बैक, बैंक अफ इङ्गल्यान्डले सन् २०२३ को पहिलो त्रैमासदेखि बेलायती अर्थतन्त्रमा मन्दी हुने अनुमान गरेको छ ।
मन्दीको असर सन् २०२३ को पहिलो त्रैमासदेखि सन् २०२४ को दोस्रो त्रैमासमा रहने केन्द्रीय बैंकको अनुमान छ ।
बेलायत ४१ वर्ष यताकै उच्च मुद्रास्फीतिबाट गुज्रिरहेको छ । मुद्रास्फीति नियन्त्रणका लागि केन्द्रीय बैंकले बढाएको ब्याजदरका कारण आर्थिक मन्दी निम्तिएको हो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया