विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा १३ अर्ब २० करोडको खानेपानी आयोजना सुरु भएको छ ।
विश्व बैंकको ८ करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण तथा नेपालको २ करोड अमेरिकी डलर बराबरको आन्तरिक लगानीमा आयोजना कार्यान्वयन सुरु भएको हो ।
कर्णाली प्रदेशको वीरेन्द्रनगर र शारदा नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका दिपायल सिलगढी नगरपालिका एवं बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिका गरी ६ वटा पालिकाहरुमा उक्त आयोजनाको निर्माण थालनी भएको हो ।
खानेपानी मन्त्री अब्दुल खान तथा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले शुक्रबार संयुक्त रूपमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाको शुभारम्भ गरेका हुन् ।
आयोजनाले सहभागी पालिकाहरूमा सुधारिएको र सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्ने तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवद्र्धनमा सहयोग र्पुयाउने लक्ष्य लिएको छ ।

शुभारम्भ समारोहलाई संम्बोधन गर्दै मन्त्री खानले जलवायु परिवर्तन र संघीयता कार्यान्वयनको परिप्रेक्ष्यमा सुधारिएको खानेपानी र सरसफाइ सेवाहरू तथा एकीकृत जलस्रोत व्यवस्थापन सामाजिक र आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण भएको बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्म बमोजिम सेवा प्रवाहमा पालिकाहरूको भूमिकालाई अझ सुदृढ बनाउँदै लैजाने विषयमा आयोजनाले थप सहयोग र्पुयाउने विश्वास उनको थियो ।
विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद(जेर्भोसले आयोजनाले चार लाखभन्दा बढी जनसंख्यालाई वातावरण अनुकुल, समावेशी एवं सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच र्पुयाउन सहयोग पुग्ने बताए ।
नेपाल सरकार र विश्व बैंकबीच २०७९ असारमा यस आयोजनाको आयोजना सम्झौतामा हस्ताक्षर भएको थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया