सुनको भाउ आइतबार तोलाको १ लाख ४ हजार रुपैयाँ निर्धारण भएको छ । अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
शुक्रबार भने सुनको भाउ एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार ३० रुपैयाँले सस्तिँदै तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २२.०१ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया