ताइवानी चिपमेकर कम्पनीले अमेरिकामा ३ अर्ब डलर लगानी बढाउने

0
Shares

ताइवानको चीपमेकर कम्पनी टीएसएमसीले अमेरिकाको अरिजोना प्रान्तमा रहेको फ्याक्ट्रीमा ३ अर्ब ५० करोड डलर लगानी बढाउने घोषणा गरेको छ ।

चीप उत्पादनलाई तीव्रता दिँदै कम्पनीले सन् २०२२ को सुरुवातमा एरिजोनामा ४० अर्ब डलर लगानी गरी चीप प्लान्टको स्थापना गरेको थियो ।
टीएसएमसीले अमेरिकामा घोषणा गरेको ४० अर्ब डलर लगानी अमेरिकी इतिहासको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो । सन् २०२२ बाट निर्माण सुरु भएको चीप प्लान्टले सन् २०२४ बाट उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

टीएसएमसीले निर्माण गर्दै गरेको एरिजोना प्लान्टमा १३ हजार भन्दा धेरै मानिसहरुले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् ।

विभिन्न चीप उत्पादक कम्पनीहरुले हाल अमेरिकामा चीपको उत्पादनका लागि लगानी गर्दै आएका छन् । ताइवानी चीपमेकर कम्पनी–टीएसएमसीका साथसाथै सामसुङले पनि २०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।