आगामी वर्ष १२ र त्रैमासमा १०% मुद्रास्फिती प्रक्षेपण, मूल्यवृद्धि बढ्छ भन्नेको संख्या घट्यो

0
Shares

आगामी दिनहरुमा मुद्राीफीति बढ्छ भन्ने सर्वसाधारणहरुको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि अझै बढ्छ भन्ने त्रास सर्वसाधारणमा घट्दै गएको हो ।

केन्द्रीय बैंकले मूल्यवृद्धि अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरेको छ । बैंकहले आगामी त्रैमास र वर्षको अपेक्षित मुद्रास्फीतिको अवस्था के रहन्छ भनेर चालु आवको दोस्रो त्रैमासीक सर्वेण सम्पन्न गरेको छ । सो सर्वेक्षण अनुसार ८४.६० प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३० प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका हुन् ।

तर, सर्वेक्षणमा सहभागी भएका उत्तरदाताहरु मूल्य वृद्धि हुने अनुमान गर्नेको संख्या भने घटेको छ । गत असोज महिनाको तुलनामा अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा घटेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । असोजमा सर्वेक्षण अनुसार ८६.६० प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा र ९५.७० प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका थिए ।

केन्द्रीय बैंकले २०७९ पुस २४ देखि पुस ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्ता मार्फत सर्वेक्षेण गरेको छ । उक्त सर्वेक्षणमा २ हजार १० जना उत्तरदाता सहभागी भएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षण अुनसार गत असोजको तुलनामा खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्ट बाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अनुमान गर्ने सहभागीहरुको संख्या बढेको छ । तर, गत असोजको तुलनामा गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा घटेको छ ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा पनि २०७९ असोजको तुलनामा घटेको छ ।

तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको सर्वेक्षणले देखाएको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको सर्वेक्षणको नतिजा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।