दुई विकास बैंकको बोनस सुचीकृत

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएको छ ।

नेप्सेका अनुसार शाइन रेसुङ्गाको चुक्ता पुँजीको १३.३० प्रतिशत र लुम्बिनी विकास बैंकको चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर सुचीकृत भएको हो ।

शाइन रेसुङ्गाको पुस २५ गते सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १३.३० प्रतिशतले हुन आउने ५० लाख २८ हजार ७४१ दशमलव ९९ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही बोनस आज धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न मिल्नेगरी सुचीकृत भएको हो ।

त्यस्तै लुम्बिनी विकास बैंकको पुस २६ गते सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने ९ लाख ८५ हजार २८७ दशमलव ७५ कित्ता बोनस सेयर र ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ लाख ३२५ रुपैयाँ ९९ पैसा नगद वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही बोनस आज धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न मिल्नेगरी सुचीकृत भएको हो ।

सोमबार सुचीकृत भएपछि सम्बन्धीत कम्पनीहरुको बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

साधारण सभाका लागि गरिएको बुकक्लोज अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पुस ११ गतेसम्म तथा लुम्बिनी विकास बैंकको बोनस पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार  १७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।