एक्सेल डेभलपमेन्ट बैंकको असार १६ गते साधारण सभा

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असार १६ गते सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल बिर्तामोड झापामा बिहान ११ बजे आह्वान गरेको हो ।

गत आवको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालनको निर्वाचन गर्नेछ ।

त्यस्तै मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गतेदेखि साधारण सभाको मितिसम्म बुकक्लोज तोकेको छ । यसको आधारमा असार ३ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।