सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव सहितका अन्य प्रस्ताव राखेर असार २२ गते नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले धुलिखेलको धुलिखेल लाज रिस्पोर्टमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत (६६ लाख रुपैयाँ) नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८।७९ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।
सभाले संस्थापक सेयरधनी तर्फको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा छ ।
लघुवित्तले साधारण सभा प्रयोजनको लागि असार १४ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार असार १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।










प्रतिक्रिया