भारतले बासमती चामल निकासीमा लगायाे रोक

0
Shares

भारतले आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

१२ सय डलरभन्दा कम अर्थात् करिब ९९ हजार ५८ भारतीय रुपैयाँ प्रति टनमा निकासी हुने सबै चामलको निकासीमा प्रतिबन्ध लगाइने भएको हो ।

यसअघि भारतले उसिना चामलको निर्यातमा २० प्रतिशत भन्सार कर लगाएको थियो। भारत सरकारले शुक्रबारबाट लागू हुने गरी सो निर्णय गरेको हो । विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता भारतले यो निर्णय गरेपछि नेपालमा पनि उसिना चामलको भाउ बढ्ने भएको छ ।?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार  १४ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।