नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सम्पूर्ण श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ ।
युनियनद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सरकारले तोकेको न्यूनतकम पारिश्रमिक श्रमिक आपूर्तिकर्ता एवं मुख्य रोजगारदाताले कार्यान्वयन नगरेको भन्दै युनियनले असन्तुष्टि जनाएको हो ।

वृद्धि भएको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै युनियनका अध्यक्ष एवं सुरक्षा क्षेत्र युनियन परिषद् इन्चार्ज प्रेमबहादुर कार्कीले अन्यथा तोकिएको न्यूनतम पारिश्रमिक तथा सेवासुविधा दिलाउन सङ्घर्ष गरिने बताएका छन् ।
नेपाल उद्योग परिसङ्घले सरकारले तोकेको न्युनतकम पारिश्रमिक हालको अवस्थामा कार्यान्वयन गर्न नसक्ने भनी सार्वजनिक गरेको धारणाप्रति युनियनले आपत्ति जनाएको छ । सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतकम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ तोकेको थियो । नेपालमा श्रमिक आपूर्तिकर्तामार्फत् श्रमबजारमा झन्डै ६ लाख श्रमिक कार्यरत रहेका युनियनले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया