नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

0
Shares

घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ८९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी २५९ वटा साना उद्योग खारेज गरेको छ ।

८९९ घरेलु तथा साना उद्योग दर्ता र ८०६ वटा उद्योग नवीकरण गर्दा कूल एक करोड ३४ लाख ३५ हजार ७३० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिएको छ ।गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) १६१ समेत गरी २५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक १३८ कृषि तथा वाणिज्य ४७१, सेवामूलक २८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा ८९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा चार हजार ४४४ जनाले रोजगार पाएको बताइएको छ ।

हालसम्म दर्ता रहेका ८६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार ९३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष ९५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार १६८ पुरुष सात हजार ९४६ समेत गरी ११ हजार ११४ जनाले रोजगार पाएका थिए ।

उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउने जस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार  १७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।