भ्रष्टाचारविरुद्धको यो अभियान सुरुवात मात्रै हो: प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझले आफू प्रधानमन्त्री भैसकेपछी सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन। गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन।

सरकारले भ्रष्टाचार, माफिया गिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए । ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताउँनुहुँदै देशैभर यो अभियान चलाइने बताए ।

अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठुला नेता र कर्मचारी परेको बताउँदै सुशासन,सामाजिक न्यास र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गरे ।

सरकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकार सकृय बनाएको बताउँदै गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह गरे।

आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको बताउँदै अर्थतन्त्र सुधार्ने, अर्थतन्त्र माथिको दबाब कम गर्न सरकार सफल भएको बताए ।

प्रधानमन्त्रीले भने, ‘मैले सरकारको नेतृत्व लिंएपछी राजस्व, रेमिटेन्स , बिदेशी मुन्द्राको संचिती बढेको छ,पर्यटन बढ्दै गएको र अर्थतन्त्रमाथिको दबाब कम हुँदै गएको छ ।’

गोर्खाली जनासँग निर्वाचनको समयमा गरेका कवुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। गोर्खा जिल्लाको क्षेत्र नम्बर -२ प्रधानमन्त्री निर्वाचित भएको क्षेत्र हो । सोही निर्वाचनक्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने बताउनु भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।