प्रथम चौमासिकमा पौने १३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, ४.७०% ले घट्यो

0
Shares

चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १२ अर्ब ७३ करोड ४ लाख ११ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन भएको छ । गत आवको कार्तिकसम्म १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन आर्थिक शिथिलताका कारण ४.७० प्रतिशतले घटेको हो ।

चालु आवको चार महीनामा चौध निर्जीवन बीमा कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा बीमालेख जारी गरेका छन् । गत आवको सोही अवधिमा ९ लाख १९ हजार १३८ वटा बीमालेख जारी गरेका थिए । समीक्षा अवधिमा ३० हजार २६४ वटा कम बीमालेख जारी भएको हो ।

कार्तिक महीनामा मात्रै कम्पनीहरुले २ लाख ७ हजार ४१० वटा बीमालेखबाट २ अर्ब २८ करोड ४८ लाख ६२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको सोही अवधिमा २ लाख २९ हजार ६७० वटा बीमालेखबाट २ अर्ब ५१ करोड ६१ लाख २९ हजार रुपैयाँ प्रिमियम संकलन भएको थियो । गत आर्थिक वर्षको कार्तिको तुलनामा चालु आवमा रकममा ९.१९ प्रतिशत (२३ करोड १२ लाख ६७ हजार) र बीमालेखमा ९.६९ प्रतिशत (२२ हजार २६० वटा) को गिरावट देखिएको हो ।

नेपाल बीमा प्राधिकणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको कात्तिकको तुलनामा ८ वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ भने ६ वटाको बीमा व्यवसायमा गिरावट आएको छ । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको ५५.३४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १८.६८, आईजीआई प्रुडेन्सियलको १६.८७, युनाइटेड अजोड इन्स्योरेन्सको १४.७५, नेपाल इन्स्योरेन्सको १०.३३ र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ७.४४ प्रतिशतले प्रिमिमम संकलन घटेको छ ।

यस अवधिमा सानिमा जिआईसीले सर्वाधिक ७१.४६ प्रतिशतले प्रिमियम संकलन वृद्धि गर्दा प्रभु इन्स्योरेन्सले त्यसलाई पच्छ्याउँदै ४४.३२ प्रतिशतको ग्रोथ गरेको छ । मर्जरपछि सानिमा जिआईसीको व्यवसायीक वृद्धिदरमा उच्च रुपमा सुधार हुँदै आएको छ । यसैगरी व्यवसाय वृद्धिका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २४.६२ प्रतिशत, दि ओरियन्टल इन्स्योरेन्सको १७.२९ प्रतिशत, नेशनल इन्स्योरेन्सको १६.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ७.११ प्रतिशत, नेको इन्स्योरेन्सको १.६२ प्रतिशत र शिखर इन्स्योरेन्सको व्यवसाय ०.२५ प्रतिशतले बढेको छ ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा प्रथम चौमासिकमा संकलित कूल बीमाशुल्क संकलन रकम (रू.लाखमा)
क्र.सं.  बीमा कम्पनी २०८० कार्तिक  मसान्तसम्म  २०७९ कार्तिक  मसान्तसम्म वृद्दि/ह्रास
१ Sanima GIC Insurance Company 7167.79 4180.53 71.46
२ Prabhu Insurance 7061.00 4892.50 44.32
३ Himalayan Everest Insurance 11336.11 9096.43 24.62
४ The Oriental Insurance 5899.00 5029.53 17.29
५ National Insurance 4317.48 3716.47 16.17
६ NLG Insurance 8362.43 7807.43 7.11
७ Neco Insurance 10594.54 10426.01 1.62
८ Shikhar Insurance 12735.87 12703.77 0.25
९ Sagarmatha Lumbini Insurance 16053.66 17343.23 -7.44
१० Nepal Insurance 4961.97 5533.78 -10.33
११ United Ajod Insurance 8683.00 10185.93 -14.75
१२ IGI Prudential Insurance 10937.74 13157.02 -16.87
१३ Siddhartha Premier Insurance 13338.25 16401.86 -18.68
१४ Rastriya Beema Company Limited 5855.28 13111.31 -55.34
कुल कूल बीमाशुल्क 127304.12 133585.80 -4.70

 

कार्तिकसम्म कुन कम्पनीले कसले कति आर्जन गरे ?

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ६० करोड ५३ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ७३ करोड ४३ लाख २३ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी दोस्रो स्थानमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको चार महीनामा १ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्ममा कम्पनीले १ अर्ब ६४ करोड १ लाख ८६ हजार रुपैयाँ संकलन गरेको थियो । बीमाशुल्कका आधारमा तेस्रो स्थान बनाएको शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ३५ लाख ८७ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २७ करोड ३ लाख ७७ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले कार्तिक मसान्तसम्म १ अर्ब १३ करोड ३६ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९० करोड ९६ लाख ४३ हजार रुपैयाँ संकलन गरेको थियो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ९ करोड ३७ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले १ अर्ब ३१ करोड ५७ लाख २ हजार रुपैयाँ संकलन गरेको थियो ।

छैटौं स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ५ करोड ९४ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड २६ लाख १ हजार रुपैयाँ संकलन गरेको थियो ।

कार्तिक मसान्तसम्ममा युनाईटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले १ अर्ब १ करोड ८५ लाख ९३ हजार रुपैयाँ संकलन गरेको थियो । एनएलजी इन्स्योरेन्सले ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले ७८ करोड ७ लाख ४३ हजार रुपैयाँ संकलन गरेको थियो ।

प्राधिकरणको तथ्याङ्क अनुसार सानिमा जिआईसी इन्स्योरेन्सले कार्तिक मसान्तसम्म ७१ करोड ६७ लाख ७९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले ४१ करोड ८० लाख ५३ हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी प्रभु इन्स्योरेन्सले ७० करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ४८ करोड ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको थियो ।

भारतीय लगानी रहेको दि ओरियन्टल इन्स्योरेन्सले चालु आवको चार महीना अवधिमा ५८ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले ५० करोड २९ लाख ५३ हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी यस अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले १ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँ संकलन गरेको थियो ।

कार्तिक मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले ४९ करोड ६१ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५५ करोड ३३ लाख ७८ हजार रुपैयाँ संकलन गरेको थियो । अर्को भारतीय कम्पनीको शाखाको रुपमा सञ्चालित नेशनल इन्स्योरेन्सले कार्तिक मसान्तसम्म सबैभन्दा कम ४३ करोड १७ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले संकलन गरेको बीमाशुल्क ३७ करोड १६ लाख ४७ हजार रुपैयाँ संकलन गरेको थियो ।

कसको कति घट्यो बीमालेख ?

अघिल्लो कार्तिक मसान्तसम्मको तुलनामा ७ कम्पनीका जारीे बीमालेख संख्या बढेको छ भने ७ वटा घटेको छ। समग्रमा भने अघिल्लो कार्तिकको तुलनामा ३० हजार २६४ वटा बीमालेख घटेर २०८० कार्तिक मसान्तसम्म ८ लाख ८८ हजार ८७४ वटा कायम भएको हो ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा जारी बीमालेख संङ्ख्या 
 बीमा कम्पनी २०८० कार्तिक  मसान्तसम्म  २०७९ कार्तिक  मसान्तसम्म  अन्तर
Siddhartha Premier Insurance 101072.00 120984 -19912.00
Neco Insurance 99650.00 95,818 3832.00
Shikhar Insurance 95860.00 81,638 14222.00
Sagarmatha Lumbini Insurance 96233.00 123917 -27684.00
Himalayan Everest Insurance 77953.00 82,956 -5003.00
IGI Prudential Insurance 76830.00 82081 -5251.00
United Ajod Insurance 67887.00 85737 -17850.00
NLG Insurance 65247.00 60,238 5009.00
Nepal Insurance 58981.00 52,847 6134.00
Sanima GIC Insurance Company 48329.00 54,279 -5950.00
Prabhu Insurance 33970.00 40,040 -6070.00
Rastriya Beema Company Limited 41681.00 15,121 26560.00
The Oriental Insurance 13310.00 13,028 282.00
National Insurance 11871.00 10,454 1417.00
Total 888874.00 919138.00 -30264.00

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।