नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालको स्थानमा भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।

नेप्सेका नवनियुक्त नवनियुक्त अध्यक्ष पौडेलले आजै पदभार ग्रहण गर्न लागेको नेप्से स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयले नेप्सेलाई आफ्नो मन्त्रालय मातहतको रुपमा लिएको छ । जसअनुसार नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयले सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिँदै आएको छ । कार्यकारी भुमिकामा प्रमुख कार्यकारी अधिकृत रहेको नेप्सेमा अध्यक्ष पद आलंकारिक प्रकृतिको रहेको छ । सरकारकोतर्फबाट नियुक्त हुने अध्यक्षले सञ्चालक समितिको बोर्ड बैठकमा अध्यक्षता ग्रहण गर्ने गर्दछन् । 

नेप्सेको बोर्डमा अध्यक्ष पौडेलसँगै अन्य निर्देशकहरुमा अर्थ मन्त्रालयका उपसचिव कृष्ण चन्द्र काफ्ले तथा राष्ट्र बैंकका निर्देशकद्वय हेमप्रसाद न्यौपाने र मिना पाण्डे तथा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट दिवेश प्रसाद लोहनी रहेका छन् । यसैगरी स्वतन्त्र निर्देशकमा लक्ष्मी प्रसाद महर्जन छन् भने नेप्सेका सीईओ कृष्णबहादुर कार्की पनि बोर्डमा छन् । मुराहरी पराजुली कम्पनी सचिवको जिम्मेवारीमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।