रावा इनर्जीले पुस १७ गते डाक्यो साधारण सभा, छैन लगानीकर्ता लाभांश

0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पुस १७ गते कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वर वैंक्वेट, थापागाउँ, काठमाडौंमा दिउँसो १ बजे सभा बोलाउने गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले कुनैपनि प्रकारको बोनस सेयर वा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यसैगरी कम्पनीको सभाले रिक्त रहेको दुई जना सञ्चालकमध्ये एक जना सर्वसाधारणतर्फबाट र एक जना संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते एक दिन बुकक्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुकक्लोजको आधारमा पुस १ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।