नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग राजीनामा बुझाएका हुन ।
थानीले मंसिर २७ गते बुधबारदेखि लागू हुने गरी राजीनामा बुझाएको हुन।
थानी २०७८ फागुन २६ गते तीन वर्षे कार्यवधिको लागि आयल निगमका कार्यकारी निर्देशकमा नियुक्ति भएका थिए। उनले पदावधि सकिनु १५ महिनाअघि नै मंगलबार राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा उनले व्यक्तिगत कारण राजीनामा दिनुपरेको जनाएका छन।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया