सर्वोत्तम सिमेन्टले पायो बुक विल्डिङबाट ३६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति

0
Shares

सौरभ ग्रुपको सर्वोत्तम सिमेन्टले पहिलो पटक पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । बोर्डले सर्वोत्तम सिमेन्टलाई पुस ३ गते मंगलबार स्थानीय बासिन्दा, वैदेशिक रोजगारमा रहेका नेपाली र आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीको अनुमति दिएको हो ।

कम्पनीले कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेकोमा पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४०% बराबरले हुन आउने २४ लाख कित्ता बोलकबोल गरी कायम हुन आएको कटअफमूल्यबाट सर्वसाधारणलाई १० प्रतिशत घटाएर प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आइपीओ बिक्री गर्नेछ ।

सर्वोत्तमको आईपीओ स्वीकृत, सर्वसाधारणले आईपीओ भर्न न्यूनतम १८ हजार जोहो गर्नुपर्ने

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४०१ देखि ६५० रुपैयाँसम्मको बिक्री मूल्य सीमा राखेर २४ लाख कित्ता सेयर बोलकबोल गरेकोमा ४०१ रुपैयाँमा कटअफ कायम भएको थियो । उक्त कटअफका आधारमा सर्वसाधारणलाई १० प्रतिशत मूल्य घटाएर आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

बुक विल्डिङमार्फत आइपीओ बिक्री गर्न संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १०% घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था छ ।

अन्य कम्पनीको प्राथमिक सेयरमा १० कित्ता मात्रै आवेदन दिन पाइने भएपनि यस कम्पनीको सेयर भने न्यूनतम ५० कित्ता भन्दा कम आवेदन दिन पाइने छैन । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन अनुमति पाएकाले ५० कित्ता सेयर खरिदका लागि आवेदन दिँदा प्रतिआवेदक न्यूनतम १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्नेछ ।

सम्बन्धित थप समाचारहरू:-

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।