पुसमा घट्यो निर्जीवन बीमाशुल्क संकलन, ३ अर्ब ६७ करोड संकलन हुँदा शिखरको सर्वाधिक

0
Shares

सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीले पुस महीनामा ३ अर्ब ६७ करोड ५० लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमकहरुले २ लाख ५९ हजार ८१५ ओटा बीमालेख बिक्रीबाट उक्त रकम संकलन गरेका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १८ कम्पनीहरुले २ लाख ४७ हजार ७६८ ओटा बीमालेख बिक्री मार्फत ४ अर्ब १० करोड ४० लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन भएको थियो । समीक्षा अवधिमा ४२ करोड ९० लाख १४ हजार रुपैयाँले बीमाशुल्क संकलन घटेको हो । ब्याजदर घट्दै जाँदा बैंकिङ्ग प्रणालीबाट कर्जा प्रवाह खुकुलो हुँदै गएर आर्थिक क्षेत्रका केही चलायमान हुनथालेपनि २०७९ पुसको तुलनामा यो पुसमा निर्जीवन बीमा व्यवसाय खस्किएको हो ।

शिखर इन्स्योरेन्सले २०८० पुस महीनामा सबैभन्दा धेरै ८७ करोड ३१ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) ले ३४ करोड ७४ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै तेस्रो स्थान ओगटेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८ करोड २० लाख २४ हजार रुपैयाँ, आइजिआई प्रुडेन्सियलले २८ करोड ३२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २७ करोड ९८ लाख ९४ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २३ करोड ६५ लाख ९६ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ५२ लाख ३९ हजार रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्सले २० करोड ७९ लाख ९८ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा संकलित बीमाशुल्क ( रू. लाखमा)
 बीमा कम्पनी २०८० पुस  २०७९ पुस   अन्तर %
Shikhar Insurance 8731.11 11118.44 -21.47
Sagarmatha Lumbini Insurance 3474.66 3776.80 -8.00
Siddhartha Premier Insurance 3206.99 3785.85 -15.29
Himalayan Everest Insurance 2820.24 4055.96 -30.47
IGI Prudential Insurance 2800.32 2601.12 7.66
Neco Insurance 2798.94 2673.21 4.70
NLG Insurance 2,365.96 2,657.61 -10.97
United Ajod Insurance 2352.39 2514.68 -6.45
The Oriental Insurance 2079.98 1118.61 85.94
Sanima GIC Insurance Company 1816.45 1852.43 -1.94
Nepal Insurance 1310.68 1286.98 1.84
Prabhu Insurance 1284.30 2195.67 -41.51
National Insurance 1035.97 804.50 28.77
Rastriya Beema Company Limited 672.05 598.34 12.32
Total 36750.04 41040.20 -10.45

 

पुस महीनामा सानिमा जिआईसी इन्स्योरेन्सले १८ करोड १६ लाख ४५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड १० लाख ६८ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२ करोड ८४ लाख ३० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले १० करोड ३५ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी प्राधिकरणको तथ्याङ्क अनुसार पुसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबिसिएल) ले सबैभन्दा कम बीमाशुल्क उठाएको छ । आरबिसिएलले ६ करोड ७२ लाख ५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

कसको कति घट्यो ? कसको कति बढ्यो ?

प्राधिकरणको तथ्याङ्क अनुसार पुसमा १४ कम्पनीमध्ये ८ ओटाको बीमाशुल्क संकलन घट्दा ६ ओटाले वृद्धि गरेका छन् । प्रभु इन्स्योरेन्सको बीमाशुल्क सर्वाधिक घट्दा दि ओरियन्टल इन्स्योरेन्सले सबैभन्दा धेरै वृद्धि गरेको छ ।

२०७९ पुसमा संकलित बीमाशुल्कको तुलनामा २०८० पुसमा प्रभु इन्स्योरेन्सको बीमाशुल्क सर्वाधिक ४१.५१ प्रतिशतले घटेको हो । यसैगरी हिमालयन एभरेष्टको ३०.४७ प्रतिशत, शिखर इन्स्योरेन्सको २१.४७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १५.२९ प्रतिशत, एनएलजीको १०.९७ प्रतिशत, सगरमाथा लुम्बिनीको ८ प्रतिशत, युनाइटेड अजोडको ६.४५ प्रतिशत र सानिमा जीआईसीको सबैभन्दा कम १.९४ प्रतिशतले बीमाशुल्क संकलन घटेको हो ।

अघिल्लो पुस महीनाको तुलनामा दि ओरियन्टल इन्स्योरेन्सले यो वर्ष पुसमा सबैभन्दा धेरै ८५.९४ प्रतिशतले बीमाशुल्क संकलन बढाएको हो । यसैगरी समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सको २८.७७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १२.३२ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ७.६६ नेको इन्स्योरेन्सले ४.७० प्रतिशत बढाउँदा नेपाल इन्स्योरेन्सको पुसमा संकलित बीमशुल्क पनि १.८४ प्रतिशतले वृद्धि भएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।