नेप्से बढ्दा २०८५ बिन्दुमा

0
Shares

सेयर बजार वृद्धिले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबारपछि मंगलबारको वृद्धिसँगै सूचक २०८५.७१ बिन्दुमा कायम भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तीय अवस्थामा सुधार हुँदै गएको प्रतिवेदनले बजार वृद्धिमा टिकाउ बनेको हो ।

सोमबार नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ९.४४ अंकले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.३८ प्रतिशत अर्थात १.४५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.६२ प्रतिशत अर्थात ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ प्रतिशत अर्थात ०(.२३ अंक बढेको छ ।

मंगलबार ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर ६६ हजार ५५९ कित्ता सेयर २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा कारोबार रकम १५ करोड ३४ लाख रुपैयाँले बढेको हो । अघिल्लो दिन सोमबार ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर ५६ हजार ७७५ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

कारोबारमा आएको १३ उपसमूहगत सूचकमध्ये ब्यापार र अन्यको सूचाङ्क ०.५० प्रतिशत बढीले घटेका छन् भने एघार ओटा बढेका छन् । उत्पादन तथा प्रशोधनमुलक१.०८ र निर्जीवन बीमा १.०७ प्रतिशतले बढेका छन् । विकास बैंक ०.८६, जलविद्युत ०.७७, होटल तथा पर्यटनमुलक र जीवन बीमा ०.७५ प्रतिशतले बढेको छ ।

यसदिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सेयर सर्वाधिक ३३ करोड ७६ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जीको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँमा खरिद बिक्री हुँदा नेपाल रि इन्स्यारेन्सको ८ करोड ७४ लाख ६१ हजार, नेपाल टेलिकमको ७ करोड ३५ लाख ९३ हजार र हाथवे इन्भेष्टमेन्ट ७ करोड ३० लाख ५६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यसदिन समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढ्दा गुराँस लघुवित्तको सेयर मूल्य पनि ९.४२ प्रतिशतले उकालो लागेको छ । यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको ७.४०, दोर्दीखोला जलविद्युत ६.४६ प्रतिशत र लक्ष्मी उन्नति कोषको इकाई मूल्य ६.३२ प्रतिशतले बढेको छ ।

आजको बजारमा सामलिङ्ग पावरको सेयरको भाउ सर्वाधिक १० प्रतिशतले घटेको छ भने नेपाल टेलिकमको सेयर मूल्य पनि ५.१० प्रतिशतले झरेको छ । बुधबार सर्किट लगाएर बढाइएको मूल्य भोलिपल्टै आधा घटेको हो । यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को ३.७१, सानिमा ग्रोथ फन्ड ३.२६ र मिड सोलु हाइड्रोपावरको २.१३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७८ अर्ब ५७ करोड २ लाख ५६ हजार रुपैयाँमा समेटिएको छ । सोमबार ३२ खर्ब ६३ अर्ब ७२ करोड ५५ लाख थियो । मंगलबार मात्रै १४ अर्ब ८४ करोड ४७ लाख रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।