सुनको मुल्यमा सामान्य गिरावट, अमेरिकी अर्थतन्त्रमा स्थिरता देखिएको जिडिपी रिपोर्टको प्रभाव


यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । अमेरिकी अर्थतन्त्रमा स्थिरता देखिएको जिडिपी रिपोर्टको प्रभावले सुन मूल्य थोरै मात्रामा घटेको हो ।

अर्थतन्त्रमा देखाएको स्थिरताको प्रभाव सुनको मुल्यमा पर्न गई साताको चार दिनसम्म लगभग स्थिर रहेको मुल्य पछिल्लो दुई दिनभने सामान्य घटेको छ ।

साताको पहिलो कारोबार दिन अर्थात आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेको सुनको मुल्य सोमबार, मंगलबार, बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बिहीबार ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

यसअर्थ, आज शनिबार छापावाला सुन किन्नेले १ लाख १८ हजार रुपैयाँ खर्चिनु पर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता, शनिबार तेजावी सुन किन्नेले भने प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ खर्चिनु पर्ने छ ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी शुक्रबारसम्म आइपुग्दा १४ सय रुपैयाँ पुगेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ माघ २०८०, शनिबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।