नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश नबाँड्ने भएको छ ।
बैंकको माघ १९ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने निर्णयसहित गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया