नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी घटेपनि नाफा बढेको छ । कम्पनीको वित्तीय खर्च सहितका खर्चहरु घट्दा नाफा बढेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार नेशनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८८ लाख रुपैयाँ ४६ हजार पुगेको ट । गत आवको यसै अवधिमा ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा २०.१७ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.१६ प्रतिशतले घटेर ५ करोड ४६ लाख ८८ हजार रुपैयाँ आम्दानी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ५८ लाख ९३ हजार रुपैयाँ विद्युत बिक्रीबाट कमाएको थियो । यस्तै कम्पनीको सञ्चालन आम्दानी पनि ५.६९ प्रतिशतले घटेर ३ करोड १० लाख ४ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय खर्च खर्च अघिल्लो आवको तुलनामा घटेको छ । समीक्षा अवधिमा वित्तीय खर्च १९.७० प्रतिशतले घटेर ६५ लाख २३ हजार मात्र भएको हो । अघिल्लो आवमा कम्पनीको वित्त खर्च ८१ लाख २३ हजार रहेको थियाे । खर्च घट्दा कम्पनीको नाफा वृद्धिमा सघाउ पुगेको हो ।
पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ४६ करोड ७१ लाख ६२ हजार रुपैयाँ र जगेडा कोष ४ करोड ५९ लाख ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले हकप्रदबाट ५० प्रतिशतले पुँजी बढाएको हो भने यस अवधिमा जगेडा कोष पनि ४७.२५ प्रतिशतले बढेको छ ।
पुँजी वृद्धिको तुलनामा नाफा बढेपनि कम्पनीको प्रति सेयर आम्दानी भने १८ पैसा घटेको छ । पुस मसान्तसम्ममा कम्पनीको इपीएस ८९ पैसाबाट घटेर ७२ पैसामा झरेको हो । कम्पनीको प्रति सेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३० गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया