दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको अधिकांश सूचक निराशाजनक

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आवको दोस्रो त्रैमासमा अधिकांश सूचक निराशाजनक देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र खुद नाफा लगायतका सबै सूचक घटेका हुन् ।

चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा ६३.५५ प्रतिशतले घटेर १ करोड ४९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ४ करोड १० लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुससम्ममा लघुवित्तले १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन तथा २ करोड ९७ लाख २८ हजार रुपैयाँ सापटीबाट लघुवित्तले ४ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो पुसको तुलनामा निक्षेप संकलन साढे पाँच करोडले घटेको हो भने सापटी साढे ४६ करोड र कर्जा लगानी ४५ करोड रुपैयाँले बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३८ करोड ६३ लाख रुपैयाँबाट १६.४१ प्रतिशतले घटेर ३२ करोड २९ लाख रुपैयामा सीमित भएको छ । यस्तै संस्थाको सञ्चालन मुनाफा पनि ६३.५४ प्रतिशतले घटेर २ करोड १४ लाख २ हजार रुपैयाँमा खुम्चिएको छ ।

पुससम्ममा ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २ पैसा छ । यस्तै प्रतिसेयर नेटवर्थ १३६. रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात १०२.९२ गुणा छ । लघुवित्त संस्थाको खराब कर्जा अनुपात ४.९५ प्रतिशतमा स्थिर छ ।

लघुवित्तको आधारदर १७.९९ प्रतिशत, कस्ट अफ फन्ड १०.६१ प्रतिशत र स्प्रेडदर ४.३९ प्रतिशत छ । कम्पनीको जगेडा कोष ४ करोड ८२ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।