युनिक नेपाल लघुवित्तको खुद नाफा ११८.८२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । खराब कर्जा वापतको प्राभिजनिङ्ग, कर्जा लगानी र खुद ब्याज आम्दानीमा आएको संकुचनका बाबजुत लघुवित्तको खुद नाफा बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५१ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफा बढेपनि कम्पनीको वितरणयोग्य नाफा भने ७९ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यसअघिका सञ्चित सहित हालसम्म लघुवित्तमा कायम वितरणयोग्य नाफा भने १४ करोड ४७ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो वितरणयोग्य नाफबाट सेयरधनीलाई ९७.४०% लाभांश वितरणकोक्षमता राख्दछ ।
चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत पुसमा २० रुपैयाँ ४४ पैसा रहेकोमा नाफामा आएको उच्च सुधारले १७ रुपैयाँ २६ रुपैयाँले बढेर ४४ रुपैयाँ ७३ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ३२५ रुपैयाँ ६४ पैसा छ ।

समीक्षा अवधिमा लघुवित्तको कर्जा लगानी २.१९ प्रतिशतले घटेर ३ अर्ब ४१ करोड ५३ लाख रुपैयाँ कायम हुँदा खुद ब्याज आम्दानी पनि ११.८३ प्रतिशतले घटेर ११ करोड ८१ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा १३ करोड ४० लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दनी कमाएको थियो । यस्तै कम्पनीको सञ्चालन आम्दानी १३०.५८ प्रतिशतले बढेर ४ करोड ५९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
पुससम्म लघुवित्तको निक्षेप संकलन १.६२ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८७ लाख रहेको छ । पुस मसान्तसम्म आइपुग्दा रिर्टेन अर्निङ्गमा १५ करोड २६ लाख ९० हजार र जगेडा कोषमा १८ करोड २५ लाख ५१ हजार सञ्चित छ । कर्मचारी खर्च ५.३२ प्रतिशत बढेर ५ करोड ३७ लाख ३४ हजार पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात पनि ७.३७ बाट २.५५ प्रतिशत बिन्दुले बढेर ९.९२ प्रतिशतमा पुगेको छ । यद्यपी लघुवित्तको जोखिम व्यवस्था रकम भने ८ करोड ६४ लाखबाट घटेर ३ करोड ९९ लाख रहेको छ ।
पुससम्म कम्पनीको कष्ट अफ फन्ड ९.०४ प्रतिशत, आधारदर १३.४८ प्रतिशत र स्प्रेडदर ५.९१ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया