प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रालिबीच नगद रहित भुक्तानी सम्झौता

0
Shares

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी ब्यबसाय प्राÞलिबीच नगद रहित भुक्तानी प्रणालीका लागि सहकार्य भएको छ । सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन बैंक र प्रालिबीच आज एक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती सेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसाय प्राÞिलको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार गण्डकी ट्याक्सी ब्यबसाय प्राÞिलसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न सक्नेछन् । यस्तै आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न सकिनेछ ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराईएको क्यूआर मार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने छ । गण्डकी ट्याक्सी ब्यबसाय प्राÞिलमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ । निकट भविष्यमा अन्य ३५० भन्दाबढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको छ ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यूआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।