सुपर मादी हाइड्रोपावरको खुद नाफा ९ करोड, बिक्री आम्दानी ७०१६.७३%ले बढ्यो


सुपर मादी हाइड्रोपावरले ९ करोड २ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले उक्त नाफा कमाएको हो । गत वर्ष १ करोड ७ लाख ६० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ करोड ३२ लाख ८६ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९४ करोड ५५ लाख  २९ हजार रुपैयाँ बिक्री आम्दानी गरेको छ। जुन गत वर्षको तुलनामा ७०१६.७३ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड २ लाख २२ हजार रुपैयाँबाट बढेर ५६ करोड ७९ लाख ८३ हजार रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार  ०९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।