पिपुल्स पावरको सञ्चालक समिति अध्यक्षमा अर्याल, अन्य को–को चुनिए ?

0
Shares

पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । बैशाख १७ गते काठमाडौंमा सम्पन्न कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभाले नयाँ सञ्चालक निर्वाचित भई नयाँ सञ्चालक समिति परिवर्तन भएको हो ।

सभाबाट संस्थापक सेयरधनी टंकराज अर्यालको नेतृत्वमा ७ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको हो । अन्य सञ्चालकहरुमा संस्थापक सदस्यहरुमा श्रीकृष्ण अर्याल, आरती अधिकारी र उद्धव भट्ट निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट रामकाजी श्रेष्ठ र उपेन पराजुली चयन भएका छन् । यस्तै स्वतन्त्र सञ्चालकमा निर्वाण शर्मा निर्वाचित भएका छन् ।

यसअघि कम्पनीमा भरत बहादुर खत्रीको नेतृत्वमा कम्पनीको सञ्चालक समिति रहेको थियो । साधारण सभाले कम्पनीको हाल कायम ६३ लाख २६ हजार कित्ता सेयरको १ बराबर ०.५ का दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

सभाले हकप्रद सेयर वितरण पश्च्यात कम्पनीको पूँजी वृद्धि हुने भएकोले सो प्रयोजनका लागि पुँजी वृद्धि गरी प्रबन्ध पत्रको सम्बन्धित दफाहरुमा संशोधन गर्ने, हकप्रद सेयर जारी गर्दा अन्य आवश्यक कुरा फेरवदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको नियमावली तथा प्रवन्धपत्रमा हुने संशोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय तथा नियामक निकायबाट आवश्यक थपघट वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।