नेपाल लाइफको पौने २ अर्ब नगद लाभांश वितरण

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ नगद लाभांश वितरण थालेको छ ।

अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा पर्साको वीरगन्जमा असार १८ गते मंगलबार सम्पन्न भएको कम्पनीको २३ औं र २४ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको कर प्रयोजनसहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत आर्थिक साधारण सभाबाट अनुमोदन भएको सो लाभांश असार २३ गते आइतबारदेखि वितरण गर्न थालिएको हो । जसअनुसार कम्पनीले कुल १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

कम्पनीको नगद लाभांश कर कट्टी गरेर नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सिधै सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिएको हो । साधारण सभाका लागि गरेको बुकक्लोज अनुसार नेपाल लाइफको लाभांश असार ३ गते सोमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले मात्रै पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गरेको हो । आव २०७८/७९ बाट भने कम्पनीले लाभांश दिएको थिएन ।

नेपाल लाइफ चुक्ता पुँजी, खुद बीमाशुल्क संकलन र बीमा कोषका आधारमा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा ठूलो कम्पनी हो । हाल नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा १ खर्ब ८९ अर्ब १८ करोड ४२ लाख रुपैयाँ सञ्चित छ भने २९ अर्ब १२ करोड ४९ लाख ५३ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ  । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।