दशैँमा मनकामना केबलकार दुई दिन बन्द हुने


काठमाडौँ । मनकामना केबलकार सेवा दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी)को दिन बन्द रहने मनकामना दर्शन प्रा।लि।ले जानकारी दिएको छ ।

प्रा.लि.का अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि केबलकार सञ्चालन हुँदै आएको छ ।

चितवनको इच्छाकामना ४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।