सुनको मूल्य हालसम्मकै महँगो


सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला दुई हजार दुई सय रुपैयाँले वृद्दि भई एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि दुई हजार ९० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहिबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।