भारतबाट अन्य श्रम गन्तव्य मुलुक जाँदा एनओसी नचाहिने


काठमाडौँ । भारतको बाटो हुँदै अन्य श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई एनओसी आवश्यक नरहेको जनाएको हो ।

तर, साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा भने यस दूतावासबाट एनओसी लिनुपर्ने राजदूतावासले जनाएको छ ।

त्यसैगरी, नेपाली कूटनीतिकरआधिकारिकरसेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज(पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने जारी सूचनामा उल्लेख छ ।

जारी सूचनामा भनिएको छ, ‘अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।’

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार  १३ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।